१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
४ जीपीए ल्याउने रितिका छत्कुली
२o८१ असार १४ शुक्रबार १२:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एसइईमा मकवानपुरको नतिजा राष्ट्रिय नतिजाभन्दा कमजोर

रितिका छत्कुली ४ जीपीए ल्याउने मकवानपुरकी एक्ली छात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १२:२o:oo

बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मकवानपुरको नतिजा निकै कमजोर देखिएको छ । मकवानपुरको नतिजा राष्ट्रिय नतिजाभन्दा पनि कमजोर देखिएको हो । राष्ट्रिय नतिजाअनुसार कुल परिक्षार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेको पाइए पनि मकवानपुरका जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

मकवानपुर जिल्लाबाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी पाँच हजार  सात सय ५२ जना विद्यार्थीमध्ये दुई हजार ९८ जना मात्रै उत्तीर्ण भएका हुन् । जिल्लाका तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार जिल्लाबाट जिपिए ३.६ देखि ४ सम्म हासिल गर्ने २५८ जना, जिपिए ३.२ देखि ३.६ हासिल गर्ने ५९२ जना रहेका छन् । यस्तै, जिपिए २.८ देखि ३.२ हासिल गर्ने ७६५ जना, जिपिए २.४ देखि २.८ हासिल गर्ने ४५१ जना र जिपिए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतमका अनुसार मकवानपुरका एसइईमा एउटा विषयमा मात्रै एनजी हुने ७३० जना र दुईवटा विषयमा एनजी हुने ६२५ विद्यार्थी रहेका छन् । दुईवटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । 

रितिका छत्कुली ४ जिपिए ल्याउने मकवानपुरकी एक्ली छात्रा
रितिका छत्कुली मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याउने एक्ली छात्रा बनेकी छिन् । उनले बिहीबार सार्वजनिक भएको एसइई परीक्षाको नतिजाअनुसार ४ जिपिए हासिल गरेकी हुन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी पाँच हजार सात सय ५२ जनामध्ये उत्कृष्ट हुन सफल भएकी हुन् । हेटौँडा उपमहानगरपालिका– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुल हेटौँडाकी छात्रा रितिका छत्कुली एसइई परीक्षामा ४ जिपिए ल्याएसँगै मकवानपुर जिल्ला प्रथम भएकी हुन् । 
 

ad
ad
ad
ad