१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठममाडाैं
२o८१ असार १४ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठममाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार ११:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए।

‘हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख संघीय लाेकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेकाे स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

एकदलीय निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप ०४० सालको माघेसंक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा गरिरहेको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा आक्रमण हुँदा पिस्करमा इले थामी र वीरबहादुर थामीलगायतको ज्यान गएको थियो ।

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । पुस्तक लोकार्पण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहरालगायतको उपस्थिति थियो ।

ad
ad
ad
ad