१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
२o८१ असार १४ शुक्रबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय इस्पोर्टसकाे तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार ११:१४:oo

पहिलो राष्ट्रिय इस्पोर्टस् च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक इस्पोर्टस् संघ नेपाल –(इसान)ले सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीबार जनाएको हो ।

कर्णाली प्रदेश इस्पोर्टस् संघ सहआयोजक रहेको प्रतियोगिता शुक्रबार र शनिबारसम्म चल्नेछ । इसानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पूर्ण खेलाडी सुर्खेत आइसकेको बताए । १२ लाख पुरस्कार धनराशि भएको प्रतियोगितामा पब्जी मोबाइलमा नौ लाख, मोबाइल लेजेन्ड्समा दुई लाख र इफुटबलमा एक लाख रुपैयाँ प्रदान गरिनेछ । 

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई सहयोग पुर्‍याउने उद्देश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताए । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौँ राष्ट्रिय खेलकुदमा इस्पोर्टस् प्राथमिकतमा पर्ने विश्वास व्यक्त गरे । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए । कर्णाली प्रदेशमा रहेका इस्पोर्टस्का खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश इस्पोर्टस् संघले सहयोग गरेका छन् ।

ad
ad
ad
ad