१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्यान्ड प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार ११:११:oo

टुरिस्ट बस एसाेसिएसन अफ नेपाल (टिवान)को टोली काठमाडौंदेखि थाइल्यान्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्यान्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्यान्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्यान्डदेखि काठमाडौंसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

टिवान अध्यक्ष आचार्यले कम्बोडियासमेत पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने कार्यक्रम रहेको बताए। सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको  विश्वास छ । 
      
टिवानले हाल काठमाडौंदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ। नेपालको काँकडभिट्टा नाकादेखि थाइल्यान्डको बैंककसम्म तीन हजार तीन सय ७७ किलोमिटर दूरी रहेको छ। थाइल्यान्डको बैंककबाट नेपाल आउनका लागि बर्मा, बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ।
 

ad
ad
ad
ad