१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
२o८१ असार १४ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कबड्डीको उपाधि कास्कीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार ११:o२:oo

कास्की जिल्लाले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि हात पारेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा बिहीबार भएको फाइनलमा कास्कीले तनहुँलाई ४५–३८ ले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि तनहुँले बागलुङलाई ४५–४३ र कास्कीले म्याग्दीलाई ४१–२८ ले हराएका थिए । उपाधिसँगै कास्कीले ७० हजार र उपविजेता तनहुँले ५० रुपैयाँ पाएका छन् । तेस्रो भएका म्याग्दी र बागलुङले समान ३० हजार रुपैयाँ जिते ।

पुरस्कार वितरण कार्यक्रममा बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीमा उत्कृष्ट प्रदर्शन गरेका विशाल थापालाई सम्मान गरिएको थियो । प्रतियोगितामा प्रदेशका नौ जिल्लाको सहभागिता थियो ।
 

ad
ad
ad
ad