१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
ब्रुस एकरम्यान
२o८१ असार १४ शुक्रबार १o:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

इरानी चुनाव र मध्यपूर्वको दीर्घकालीन शान्ति 

Read Time : > 2 मिनेट
ब्रुस एकरम्यान
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १o:३९:oo

बाइडेन प्रशासनले चतुरतापूर्वक खामेनीका आलोचकको व्यवस्थापन गर्न सक्यो भने यसले मध्यपूर्वमा स्थायी शान्तिको मार्गप्रशस्त गर्न सक्छ

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको आइतबार हुने मध्यावधि चुनावका कारण एक अर्को सम्भावित राजनीतिक उथलपुथल ओझेलमा पर्न सक्छ । आज अर्थात् शुक्रबार इरानी मतदाताले दिवंगत राष्ट्रपति इब्राहिम रइसीका उत्तराधिकारी चयन गर्नेछन्, रइसी गत महिना हेलिकोप्टर दुर्घटनामा मारिएका थिए । फ्रान्सेली चुनावका कारण इरानी चुनावको महत्वलाई कम आँक्न सकिन्न । पश्चिमका कट्टर विरोधी सर्वोच्च नेता अली खामेनीले राइसीको विरासतलाई निरन्तरता दिँदै एक अर्का कट्टरपन्थी उम्मेदवारको जित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

रइसीको उदयपछिको तीन वर्षमा इरानी राजनीति निर्णायक रूपमा परिवर्तन भएको छ । इरानको संविधानअनुसार उम्मेदवारले पहिले राष्ट्रपति पदमा उम्मेदवार हुन धार्मिक अभिजात वर्गको प्रभुत्व रहेको गार्डियन्स काउन्सिलबाट स्वीकृति लिनुपर्थ्यो । रइसीको सन् २०२१ को विजय काउन्सिलले खामेनीको पश्चिमविरोधी अडानका कडा विरोधीलाई बहिष्कार गरेका कारण सम्भव भएको थियो । यद्यपि बढ्दो सार्वजनिक विरोधले काउन्सिललाई यसपटक प्रमुख खामेनी आलोचकलाई आफ्नो सम्भावित विजय र पश्चिमतर्फ सम्भावित नीति परिवर्तनका पक्षमा सर्त पेस गर्न अनुमति दिन बाध्य तुल्याएको छ । यदि राष्ट्रपति बाइडेन प्रशासनले चतुरतापूर्वक व्यवस्थापन गर्न सक्यो भने यसले मध्यपूर्वमा स्थायी शान्तिका लागि मार्गप्रशस्त गर्न सक्छ ।

यस्तो परिदृश्य देखा पर्‍यो भने कमजोर युद्धविरामको पछि लाग्नुको सट्टा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बहुपक्षीय रूपरेखा सुरु गर्न सक्नेछन्, जहाँ अमेरिका र इरानले इजरायली र प्यालेस्टिनीबीचको दुई–राज्यीय समाधानका लागि सैन्य समर्थन सुनिश्चित गर्न सक्छन् । सन् २०२१ लाई फर्केर हेर्दा गार्डियन्स काउन्सिलले गम्भीर विपक्षीलाई बहिष्कार गर्दा व्यापक सार्वजनिक असन्तुष्टि सिर्जना भएको थियो । कट्टरपन्थी प्रतिद्वन्द्वीबीच रइसीको स्पष्ट विजयका बाबजुद उनले उल्लेख्य मत पाएका होइनन्, किनभने मतदाताको संख्या घटेको थियो । इरानका पाँच करोड ९० लाख योग्य मतदातामध्ये ४९ प्रतिशतले मात्रै मतदान गरेका थिए र मतदाताको यो गिरावट चार वर्षअघिको तुलनामा ७० प्रतिशतले कम थियो ।

मतदाताको मौन बहिष्कारले तल्लो तहको सक्रियताको आधार तयार गरेको थियो । सन् २०२२ को शरद याममा एक निर्णायक घटना घट्यो । जब बुर्का नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भयो, त्यसले राष्ट्रव्यापी विरोध प्रदर्शन निम्त्यायो । मिडिया ब्ल्याकआउट, अश्रुग्यास र अर्को वर्ष सयौँको ज्यान लिने घातक गोलीबारीलगायत सरकारको कठोर दमनका बाबजुद रइसीको अतिवादविरुद्ध शान्तिपूर्ण विरोध गर्नबाट विद्यार्थी र अभियन्ता रोकिएनन् ।

रइसीको मृत्युले विरोधको अर्को चक्र निम्त्याएको छ । विपक्षीले सन् २०२१ को विपरीत आफ्ना नेतालाई राष्ट्रपति उम्मेदवारका लागि प्रचार गर्न दिन अनुमति माग गरेका छन् । विपक्षले अस्वीकार गरेको खण्डमा ठूलो सडक प्रदर्शन गर्ने धम्कीसँगै सम्भावित गृहयुद्धको चेतावनी दिएका थिए । तत्पश्चात् गार्डियनले आत्मसमर्पण गर्‍यो र मसुद पेजेस्कियानसँगै पाँच कट्टरपन्थीको उम्मेदवारीलाई अनुमोदन गरेको छ । धार्मिक प्रमाणको सट्टा पेजेस्कियान एक प्रशिक्षित मुटु शल्य चिकित्सक हुन्, जसले तब्रिजको मेडिकल साइन्स विश्वविद्यालयको नेतृत्व गरेर सन् २००१ देखि २००५ सम्म इरानको स्वास्थ्यमन्त्रीका रूपमा समेत काम गरेका थिए । उनले सन् २०१६ देखि २०२० सम्म संसद्मा उपसभामुखको पनि भूमिका निभाएका थिए ।

थोरै इरानीले मसुद पेजेस्कियान जस्तै प्राज्ञिक, कर्मचारीतन्त्र एवं राजनीतिक सफलताको उल्लेखनीय मिश्रण हासिल गरेका छन् । यसबाहेक सन् २०२२ मा अमिनीको मृत्युपछि प्रहरी रणनीतिको उनले धार्मिक विश्वास लागू गर्न बल प्रयोगको आलोचना गरेका थिए, रइसीकालमा यो आलोचना निकै साहसिक थियो । प्रतिस्पर्धामा रहेका पाँच कट्टरपन्थीको अनुमोदनले वास्तवमा पेजेस्कियनको सम्भावनालाई बलियो बनाउन सक्छ । धार्मिक मत विभाजित भएपछि पेजेस्कियनजस्ता प्रबुद्ध नेताले ठूलो जित हासिल गर्ने सम्भावना छ । पेजेस्कियन विजयी भए भने प्रमुख प्रतिद्वन्द्वीका रूपमा इरानलाई लिएर हुने अमेरिकाको लामो समयदेखिको धारणामा महत्वपूर्ण परिवर्तन आवश्यक हुनेछ । सौभाग्यवश ब्लिंकेन त्यस्ता परिवर्तनमा अनुकूलन गर्न सिपालु छन् । मध्यपूर्वमा उनको व्यापक भ्रमण कूटनीतिले उनलाई सम्भावित इरानी वार्ताकारसँग संलग्न हुन राम्रो स्थान दिनेछ । 

बाइडेनले आफ्नो पुनः चुनावलाई खतरामा पार्ने अमेरिकी यहुदी समुदायमा विभाजन र अरब–अमेरिकीबाट बढ्दो विरोधसहित आन्तरिक चुनौतीका कारण ब्लिंकेनको रिपोर्टलाई प्राथमिकता दिनेछन् । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले २४ जुलाईमा कंग्रेसलाई सम्बोधन गरेपछि यो दबाब अझ तीव्र हुन सक्छ । त्यसपछि बाइडेनले नेतन्याहुलाई इरानको बहुपक्षीय वार्तामा सामेल हुन आमन्त्रित गर्न सक्छन् । सम्भावित आणविक प्रसार जोखिम र क्षेत्रीय द्वन्द्व कम गर्न इजरायल र प्यालेस्टाइनबीच शान्तिपूर्ण सहअस्तित्वका लागि दुई–राज्यीय समाधानलाई अगाडि बढाउनेछन् ।

रइसीको मृत्यु एक दुर्लभ अवसर हो, जसमा लामो समयदेखि प्रतिद्वन्द्वी राजनीतिक नेताले कूटनीतिको नयाँ युग उद्घाटन गर्न शक्तिशाली प्रोत्साहन पाएका छन् । तर, बाइडेनले अवसरलाई सदुपयोग भने गर्नुपर्नेछ । उनले पेजेस्कियानलाई शत्रुका रूपमा हेर्छन् भने खामेनी नयाँ राष्ट्रपतिको लोकप्रिय स्थितिलाई तोडमरोड गर्न सक्षम हुनेछन् र अर्कोपटक आफ्ना वरिपरि ज्ञानदर्शनलाई अस्वीकार गर्न मतदातालाई मनाउन सक्नेछन् । 

ह्वाइट हाउसका केही द्रुत निर्णयले मध्यपूर्वको भविष्य निर्धारण गर्ने गरेको छ, अर्थात् इतिहासमा यो पहिलोपटक होइन । कतिपयले वर्षौंको तिक्त द्वन्द्वसमेत निम्त्याएका छन् । यसले आगामी दशकका लागि शान्तिपूर्ण सह–अस्तित्वको मार्गप्रशस्त गर्न सक्छ ।

(एकरम्यान एल विश्वविद्यालयका कानुन एवं राजनीतिशास्त्रका वरिष्ठ प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad
ad
ad