१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १४ शुक्रबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

१५ विद्यार्थीलाई रिद्धिसिद्धिको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o७:४५:oo

रिद्धिसिद्धि सिमेन्टले यस वर्ष १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी सञ्चालन गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ मार्फत छात्रवृत्ति दिने भएको हो । 

गत वर्ष आयोजित ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०’ कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए । गत वर्षको कार्यक्रम सफल भएपछि यस वर्ष थप चारजनासमेत गरी १५ जनालाई छात्रवृत्ति दिने कम्पनीले जनाएको छ । 

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत ०८० मा परीक्षा दिएको र ०८१ सालमा नतिजा प्राप्त भई एसइईमा ३.५ जिपिएदेखि ४ जिपिएसहित उत्तीर्ण भएका विद्यार्थी योग्य हुन्छन् । छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रो हुनेलाई तीनहजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय प्रदान गरिनेछ । त्यस्तै, सान्त्वना हुने १२ जना विद्यार्थीलाई मासिक एक हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ । 

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट वा फेसबुक पेजमा उल्लेख क्युआर कोडमा स्क्यान गरी फाराम भर्नुपर्नेछ । आवेदनको अन्तिम मिति २३ असारसम्मलाई तोकिएको कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad