१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
२o८१ असार १४ शुक्रबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o९:३५:oo

तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु.४त २४६५ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका– ४ रायढुंगामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका– २ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा ट्रयाक्टरचालक  गुल्मीको धुर्कोट गाउँपालिका– ५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडीगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

ad
ad
ad
ad