१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ असार १२ बुधबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमतीको बजेटमाथि प्रतिपक्षी दलका सांसदहरूको आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:५९:oo

बागमती प्रदेशको आव ०८१/८२ को बजेटमाथि भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरूले आलोचना गरेका छन् । प्रदेश सभा बैठकमा कांग्रेस बागमती प्रदेश संसदीय दललका उपनेता रामकृष्ण चित्रकारले सरकार संघीयता र प्रदेश सभाप्रति जिम्मेवार नबनेको आरोप लगाए । सरकारले सात अर्ब घाटाको बजेट ल्याएको उल्लेख गर्दै आर्थिक अनुशासन कायम गर्न नसकेको बताए । कनिका छरेजस्तो बजेट बाँडेर ढुकुटी रित्याउन मात्रै खोजेको उनले आरोप लगाए ।   

यस्तै, सत्ता साझेदार माओवादीका संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले बजेट ल्याउँदा सरकारसँग विकासको स्पष्ट नीति हुन आवश्यक रहेको बताए । उनले भने, ‘हामीले पटक–पटक प्रदेश आयोजना बैंक निर्माण गरी योजना छनोटको प्रणाली विकास गरौँ भनेका छौँ । तर, अब त्यसलाई कुरामा मात्रै नभई नीतिगत रूपमा व्यवस्था गर्न आवश्यक भइसकेको छ । अनि मात्र हामीले फरक शैलीको बजेट बनाउन सक्छौँ ।’

राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बजेट पूर्णतया पक्षपाती र एकलौटी ढंगबाट आएको आरोप लगाए । अहिलेको बजेट पनि विगतको जस्तै शक्ति र पहुँचमा भएकाहरूको क्षेत्रमा खन्याएको उनले बताए । उनले भने, ‘अहिले धादिङ, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बजेट केन्द्रित भएको छ । सरकारले अरू क्षेत्रका जनतालाई आफ्नै जनता नदेख्नु दुुर्भाग्य र विडम्बना हो ।’ मंगलबारको प्रदेश सभा बैठकमा प्रदेशको स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल सकिएको छ ।