१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार o९:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६.९९% फाइनान्समै हुन्डाई भेन्यु खरिद गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:३७:oo

नेपालमै उत्पादित हुन्डाई भेन्युले बिक्री–वितरण सुरु गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भगिनी संस्था लक्ष्मी मोटर कर्पाेरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । कम्पनीले हुन्डाईको व्यावसायिक उत्पादन गरेसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ योजना ल्याएको छ । 

यस योजनामा हुन्डाई भेन्यु खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा भेन्यु मोडेल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायत गुण हुन्डाई मोटर कोरियामै बन्ने सोही मोडेलका गाडीसरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास र कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

हाल बिक्री–वितरण सुरु भएको हुन्डाई भेन्यु १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रहेको छ ।