१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनजाति महासंघको महाधिवेशन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:२२:oo

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशन मंगलबारबाट सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार महाधिवेशनको उद्घाटन गरे । देउवाले नेपालको हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण भएको स्मरण गरे ।

आदिवासी जनजाति एक भएर देश र पार्टीको हक र अधिकार संरक्षण गर्न सक्ने उनको भनाइ थियो । ‘नेपालका हरेक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान छ । तपाईंहरू एक भएर राष्ट्रका लागि योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि लड्दै जानुस् । कांग्रेसलाई पनि बलियो बनाउनुहोस्,’ देउवाले भने । 

कांग्रेस उपसभापति धनराज गुरुङले वडा तहदेखि पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने र दलहरूले देश र जनताका लागि सहकार्य गर्नुपर्ने बताए । कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस तत्काल पार्टी निर्माण गरेर आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । ०८४ को निर्वाचनअघि सरकारमा जाने सोच राख्न नहुने उनको भनाइ थियो ।

‘सरकारतिर हामी हेर्दैै नहेरौँ । पार्टीलाई बलियो बनाऔँ, तलैबाट एकता गरौँ, हार्दिकता बनाऔँ । ०८४ मा हामीले कम्तीमा सय सिट जित्न सक्ने गर्‍यौँ भने सरकार बनाउने मात्रै होइन, संविधानलाई सकारात्मक ढंगले कार्यान्वयन गर्ने ताकतसमेत राख्नेछ,’ उनले भने । अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकार बलियो अवस्थामा नरहेकाले प्रतिपक्षी कांग्रेसलाई बलियो बनेर जनताको विश्वास जित्नुपर्ने बताए ।

२ साउन ०७९ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जनजाति महासंघलाई मान्यता दिने निर्णय गरेको थियो । महासंघमा १३ आदिवासी जनजाति संस्था आबद्ध छन् । अध्यक्ष ओमबहादुर घर्तीमगरले पार्टीले दिएको समयसीमाअनुसार १५ असारअगाडि नै महाधिवेशन गर्न लागिएको बताए ।