१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा पहिरोले तीन घर बगायो, चारजना बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:२o:oo

लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा चारजना बेपत्ता भएका छन् । उत्तरकन्याको बगुमस्थित पच्युटोलमा गएराति पहिरोले तीन घर बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू सात वर्षीया इच्छा गुरुङ र पाँच वर्षीया नम्रता गुरुङ बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य भइरहेको छ ।

रुद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भीमबहादुर घले भने घाइते भएका छन्। घटनास्थलमा सदरमुकाम बेँसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।