१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १o:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत एनसेलमा भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १o:२६:oo

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । 

एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्टको चेकआउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गर्नुका साथै सेवा–सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी, एनसेलका वितरक तथा खुद्रा विक्रेताले पनि रिटेलर्स एपमार्फत सीधै बैंकमा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।