१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ९ आइतबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम पाँच वर्षसम्म नि:शुल्क अपग्रेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:१९:oo

एलजी इलेक्ट्रोनिक्सले पुराना एलजी स्मार्ट टिभीका ग्राहकलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गर्ने भएको छ । 

कम्पनीले सन् २०२४ को सुरुवातमा वेबओएस रिन्यु प्रोग्रामले एलजीको २०२२ ओएलइडी टिभी लाइनअप, एलजी ओएलइडी फ्लेक्स, एलजी ओएलइडी अब्जेक्ट कलेक्सन पोसे साथै एलजीको ०२२ क्युएनइडी मिनी एलइडी ८–के (क्युएनइडी ९९/९५ शृंखला)को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको छ ।

यसले प्रयोगकर्तालाई अर्को पाँच वर्षका लागि नयाँ टिभी अनुभवको आनन्द दिनेछ । यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा विस्तार गरिने कम्पनीले जनाएको छ । 

सोही एलजी वेबओएस रिस्न्यु प्रोग्राम नेपालमा उपलब्ध ०२२ देखिका ओएलइडी र क्युएनइडी टिभी र ०२३ देखिका युएचडी टिभीमा समेत लागू हुनेछ, जसमा आगामी पाँच वर्षसम्म निःशुल्क अपग्रेड आउने कम्पनीले जनाएको छ ।

वेबओएसको नयाँ संस्करणसँग एलजी स्मार्ट टिभीका ग्राहकले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्ने बताइएको छ । क्विक कार्ड युआईले विभिन्न सामग्री र सेवालाई संगीत, खेल र खेलजस्ता श्रेणीमा सहजै क्रमबद्ध गर्नेछ । 

ad
ad
ad
ad