१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Thursday, 27 June, 2024
२o८१ असार ९ आइतबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरो २०२४ : बराबरीपछि जर्जिया र चेक रिपब्लिकलाई गाह्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:o६:oo

जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेपछि अघिल्लो चरणमा पुग्ने समीकरण निकै गाह्रो देखिएको छ । शनिबार राति युरो २०२४ अन्तर्गत समूह ‘एफ’मा जर्जियाले लिएको अग्रता जोगाउन सकेन । दोस्रो खेलमा आएर दुवै टोलीले खाता खोलेका छन् । दुवै टोलीको दुई खेलबाट एक अंक रह्यो । यसै समूहमा पोर्चुगल र टर्कीले पहिलो खेलबाट तीन अंक जोडेका थिए । समूहमा कमजोर मानिएका यी टोलीलाई अब अन्तिम १६ मा पुग्न निकै कठिन हुनेछ । गणितीय सम्भावना भने कायम छ । पहिलो खेलमा जर्जिया टर्कीसँग ३–१ ले पराजित भएको थियो । चेक भने पोर्चुगलसँग २–१ ले हारेको हो । 

४७ हजार समर्थकमाझ भोल्कस्पार्क मैदानमा चेकको लागि एडमले पहिलो हाफमा गोल गरे पनि त्यसले मान्यता पाएन । पहिलो हाफको इन्जुरी समयमा जर्जेस किमाउटाजले पेनाल्टीमा गोल गरे । ५९औँ मिनेटमा प्याट्रिक स्चिकले गोल गर्दै चेकको हार टारेका हुन् । अन्तिम खेलमा चेकले टर्की र जर्जियाले पोर्चुगलको सामना गर्ने तालिका छ । 

रोकियो फ्रान्स
घाइते कप्तान केलियन एम्बाप्पेविना मैदान उत्रिएको फ्रान्स दोस्रो खेलमा नेदरल्यान्ड्सँग गोलरहित बराबरीमा रोकिएको छ । ३९ हजार समर्थकमाझ रेडबुल एरिनामा खेलिएको खेलमा नेदरल्यान्ड्सले गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । अंक बाढेपछि नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले रेफ्रीको आलोचना गरे । उनले पाँच मिनेट ध्यान दिएर गोल हेर्न र सबैलाई प्रतिक्रिया दिन अनुरोध गरेका छन् । यता, डिडियर डेस्चाम्पको फ्रान्स भने गोलनजिक पुग्यो । तर, फिनिसिङमा चुकेको थियो ।

एम्बाप्पेको अभावमा औसमाने डेम्बेले, मार्कुस थुराम र एन्टोइन ग्रिजमनले फ्रान्सको अग्रपंक्ति सम्हालेका थिए । समूह ‘डी’मा सबै टोलीले दुई खेल खेल्दा नेदरल्यान्ड्स र फ्रान्सको सामना चार अंक छ । अस्ट्रियाको तीन अंक छ । प्रिक्वार्टरफाइनलमा पुग्न तीन टोलीको उत्तिकै सम्भावना छ । 

ad
ad
ad
ad