१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Thursday, 27 June, 2024
रासस जुम्ला
२o८१ असार ८ शनिबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नाग्म–गमगढी सडक स्तरोन्नति गरिँदै

Read Time : < 1 मिनेट
रासस, जुम्ला
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १४:४३:oo

आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रूपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममढी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचनाअनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५ः३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवगमन बन्द हुनेछन्।

निर्माणाधीन नाग्म–गमगढी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाटसिँजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नुपरेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताए। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उनले जानकारी दिए।

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन्। नाग्म–गमगढी सडकको पहिलो चरणमा छ किमि सडक कालोपत्र भएको छ। बाँकी चरणबद्ध रूपमा सडकलाई कालोपत्रे गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ।

ad
ad
ad
ad