१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Thursday, 27 June, 2024
२o८१ असार ८ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक :  मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १४:३४:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन्। गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तर्क्रियामा कार्यक्रममा उनले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटक-पटक छलफल गरी विधेयकलाई निष्कर्षमा पुर्‍याइएको जानकारी दिए। 

उनले भने, ‘समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ। मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु।’ पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिंगो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्ने बताए। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक रहेको बताए। 

राजनीतिक दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुन सकेमा त्यसले समग्र रूपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उनको विश्वास थियो। नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याए। संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिए।

पत्रकार रामजी दाहाल, पूर्वप्रदेश सभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रवीण ढकाल, प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ। तालिममा पोखरामा संसदीय समाचार संकलन गर्दै आएका करिब ५० जना पत्रकारको सहभागिता छ।

ad
ad
ad
ad