Skip This
मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Monday, 22 July, 2024
२o८१ असार ८ शनिबार १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १२:४९:oo

जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक रूपमा दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन्। सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातीय विवाह गरेका हुन्।

गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तूति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए। उनका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ। 

कबिर जयन्तीका अवसरमा उनको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ। सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीनदिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो।

असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताए। उनका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन्। अनुयायीहरूले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन्। कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।