मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८१ असार ८ शनिबार ११:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार ११:o८:oo

नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिनेछ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

यस्तै, असार १३ गते प्रकाशन गरिनेछ भने उम्मेदवारको नामावलीउपरको दाबी-विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ। असार १० गतेसम्म मतदाता नामावलीउपर दाबी-विरोधको समय निर्धारण गरिएको छ। असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।