१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आदर मल्टी इन्भेस्टमेन्टको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १o:३३:oo

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले प्राथमिक साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

यससम्बन्धी सम्झौतामा आदर मल्टी इन्भेस्टमेन्टका अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले जारी पुँजी एक अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पुँजीबराबरको १०० रुपैयाँ अंकित दरमा ५३ लाख ५७ हजार चार सय कित्ता आइपिओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad