१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ५ बुधबार
  • Thursday, 27 June, 2024
रासस सिन्धुली
२o८१ असार ५ बुधबार o९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले मध्यपहाडी लोकमार्ग बिहानदेखि अवरुद्ध    

Read Time : < 1 मिनेट
रासस, सिन्धुली
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार o९:३८:oo

पहिराेले सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र,  टेलर (ट्रक)समेत पुरियो 

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका– ६ हैबारबेँसीनजिकको अक्करेभिर, गोलञ्जोर– १ कुडुले, फिक्कल गाउँपालिका– २ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । 

त्यस्तै, गोलञ्जोर– १ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।     

 
 

ad
ad
ad
ad