१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 26 June, 2024
रासस काठमाडौं
२o८१ असार ४ मंगलबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषले तिलगंगा आवास क्षेत्रका संरचना हटाउने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १५:१६:oo

पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका– ८ तिलगंगा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ।

कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको ०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की–कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रूपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनले भने, ‘अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगंगा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउनेछ।’

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरिएको र ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको प्रवक्ता अधिकारीले बताए।

तिलगंगा क्षेत्रका झन्डै एक सय संख्यामा पक्की तथा कच्ची घरटहरा हटाउन लागिएको कोषले जनाएको छ । यसैगरी, अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि ०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरेको थियो । त्यसवेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

ad
ad
ad
ad