१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३२ शुक्रबार
  • Thursday, 27 June, 2024
यात्रुबाहक बस र कार एकआपसमा ठोक्किँदा सडकबाट त्रिशुली नदी किनारमा खसेको बस र क्षतिग्रस्त भएको कार । तस्बिर : शंकर श्रेष्ठ/रासस
२o८१ जेठ ३२ शुक्रबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, पाँच गम्भीर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३२ शुक्रबार o९:o९:oo

दुईवटा सवारीसाधन एक–आपसमा ठोक्किए : कारलाई जोगाउन खोज्दा बस त्रिशूली नदी किनारमा खस्याे, बसमा ४५ जना र कारमा पाँचजना यात्रु सवार थिए

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुईवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे.१ख ४०६० नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको प्रत्यक्षदर्शीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस
 

ad
ad
ad
ad