मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Sunday, 19 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३१ बिहीबार १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सचेतक बरालको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १२:४२:oo

एमाले सचेतक सुनिता बरालले सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बरालले भनिन्, ‘आज सर्वसाधारण नागरिक हाम्रा सरकारी अस्पतालहरूमा घण्टौँ लाइन लाग्ने अवस्था छ। ९ बजे ओपिडी खुल्ने अस्पतालहरूमा बिहान ५ बजेदेखि लाइन हुने अवस्था छ। एउटा काउन्टरको साटो तीन–चार काउन्टर राखेर टिकट काट्नैका लागि घण्टौँ लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्‍याे।’  

सांसद बरालले परीक्षणपिच्छे लाइन बस्नुपर्ने बाध्यता पनि अन्त्य गर्नुपर्ने बताइन्। ‘परीक्षण गर्दा टिकट लिएको बिरामी ल्याब दर्ता गर्न फेरि लाइन बस्नुपर्ने, रिपोर्ट लिन फेरि लाइन बस्नुपर्ने र रिपोर्ट देखाउँदा फेरि लाइन बस्नुपर्ने झन्झटपूर्ण अवस्था छ,’ उनले भनिन्, ‘अझ स्वास्थ्य बिमामा सूचीकृत भएका नागरिकहरूको बिमादाबीका लागि प्रस्थान विन्दुको अस्पताल र परीक्षण गराइएको अस्पतालको विषयमा बिलिङ काउन्टरमा लफडा भइरहेको देखिन्छ।’

बिमामा सूचीकृतहरूलाई दोस्राे दर्जाको नागरिकजस्तो व्यवहार गरेको गुनासो आइरहेको भन्दै उनले यो कहिले बन्द हुन्छ भनेर सोधिन्। डाक्टरलाई जचाउँदा नै बिरामीले अनलाइनबाट सेवा लिन सक्ने अवस्था सिर्जना गर्न उनले माग गरिन्।

‘अनलाइनबाट नै रिपोर्ट तथा औषधि र सल्लाह दिने व्यवस्था गर्ने गरी अनलाइन प्रणाली विकास गर्नेतिर समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस्,’ उनले भनिन्।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोश निर्माण हुने यस्ता अवस्था भइरहेका अस्पतालहरूको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने सांसद बरालको भनाइ थियो।