मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३० बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३० बुधबार o६:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र श्रीलंकाबीचको खेल रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३० बुधबार o६:३१:oo

नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान हुन लागेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टससमेत हुन नसकी खेल रद्द भएको आइसिसीले जनाएको छ ।

खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । अब, नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछ । अमेरिकाकाे फ्लोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको थियो ।

नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने अवसर थियो । यो खेल नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुने कार्यतालिका थियो ।  समूह ‘डी’बाट सुपर ८ को आशा जीवित राख्न दुवै टोलीलाई जित आवश्यक थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले खेलेका दुईवटै खेल गुमाएको थियो । पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकाबाट ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित निकालेको थियो ।