Skip This
गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी, सत्ता र प्रतिपक्षबीच आज साँझ पुनः छलफल हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास जारी, सत्ता र प्रतिपक्षबीच आज साँझ पुनः छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १२:१o:oo

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन।

प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक पनि निष्कर्षमा पुग्न सकेन। तर, आजै साँझ पुनः छलफलमा बस्ने दुवै पक्षीय नेताहरूले बताएका छन्।

सत्ता र प्रतिपक्षको बैठकअघि प्रधानमन्त्रीले दुवै पक्षीय दलका नेताहरूसँग अलग–अलग पनि छलफल गरेका थिए। सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले नाम उल्लेख गरेरै संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ।

संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि नाम किटेरै उल्लेख गर्ने कांग्रेसको मागमा भने सहमति जुट्न सकेको छैन। सहमति नजुट्दा पटकपटक सदन अवरुद्ध भइरहेको छ।

भोलि १५ जेठमा सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुपर्नेछ। तर, सदन सहज नबन्दा प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गरिरहेका हुन्।

ad
ad
ad
ad