Skip This
२८ किलोमिटर नयाँ सडक निर्माण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १४ सोमबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

२८ किलोमिटर नयाँ सडक निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:o४:oo

चालू आवको आठ महिनामा देशभर २८ किलोमिटर मात्रै नयाँ सडक निर्माण भएको छ । संघीय सरकारले समीक्षा अवधिमा सोबराबरको नयाँ सडक निर्माण गरेको हो । गत आवको सोही अवधिमा एक सय चार किमि नयाँ सडक निर्माण भएको थियो । गत आवभर भने दुई सय ४३ किमि नयाँ सडक निर्माण भएको थियो । 

समीक्षा अवधिमा एक सय ८९ किमि सडक कालोपत्रे भएको छ । गत आवको यसै अवधिमा देशभर दुई ४८ किमि सडक निर्माण भएको थियो । गत आवभरमा भने आठ सय २० किमि सडक कालोपत्रे भएको थियो । यस्तै, समीक्षा अवधिमा ९० किमि सडक ग्राभेल गरिएको छ । गत आवको सोही अवधिमा देशभर तीन सय १६ किमि र आवभरमा ६ सय २८ किमि सडक ग्राभेल भएको थियो । 

समीक्षा अवधिमा देशभर ६७ वटा मोटरेबल पुल निर्माण भएका छन् । गत आवको यसै अवधिमा ७५ र आवभरमा दुई सय २२ वटा मोटरेबल पुल निर्माण भएका थिए । निर्माण क्षेत्रमा देखिएको शिथिलताका कारण यो वर्ष सडक निर्माण, कालोपत्रे, ग्राभेल र पुल निर्माणमा प्रगति न्यून भएको बताइन्छ ।

फागुन मसान्तसम्म देशभर संघीय सरकारअन्तर्गतको सडकको कुल लम्बाइ ३४ हजार दुई ६७ किमि पुगेको छ । त्यसमा १८ हजार दुई सय ४१ किमि सडक कालोपत्रे भएको छ भने सात हजार ६ सय ८७ किमि सडक कालेपत्रे भएको छ । यसैगरी, आठ हजार तीन सय २९ किमि सडक ग्राभेल भएको छ ।

११ नदीमा जलमार्गको सम्भाव्यता

  • सरकारले हालसम्म विभिन्न ११ नदीमा आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न सक्ने गरी सम्भाव्यता अध्ययन गरेको छ ।
  • सुनकोशी नदी (१५३ किलोमिटर), तामाकोशी नदी (६३.५ किलोमिटर)सहित विभिन्न ११ नदीमा आन्तरिक जलमार्ग सञ्चालनसम्बन्धी अध्ययन भएको हो ।  चार सय ६५ किलोमिटर प्रसारणलाइन थपियो
  • गत असारसम्म देशभर पाँच हजार सात सय ४२ किमि प्रसारणलाइन थियो । फागुन मसान्तसम्म आउँदा त्यो ६ हजार दुई सय सात सर्किट किलोमिटर पुगेको छ । ११ सबस्टेसन सञ्चालनमा 
  • प्रसारणतर्फ सात र वितरणतर्फ चारवटा सबस्टेसन निर्माण भएको छ । ०७९ फागुनसम्म प्रसारण र वितरण गरी सात सबस्टेसन सञ्चालनमा रहेका थिए ।भूकम्पपछि नौ सय ७६ स्वास्थ्य संस्था पुनर्निर्माण
  • भूकम्पले क्षतिग्रस्त एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये नौ सय ७६ को पुनर्निर्माण सम्पन्न भएको छ । निजी आवासतर्फ आठ लाख ३४ हजार २४ ले पहिलो किस्ता प्राप्त गरेका छन् ।  
ad
ad
ad
ad