Skip This
संस्थानबाट सरकारले पाउने लाभांश दोब्बरले बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १५:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

संस्थानबाट सरकारले पाउने लाभांश दोब्बरले बढ्यो

नाफामा जाने संस्थान २६ पुग्यो, नोक्सानीमा १७

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १५:४९:oo

सरकारले नाफामा गएका सार्वजनिक संस्थानहरूबाट १० अर्ब ४५ लाखको लाभांश प्राप्त गरेको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०८०/८१ अनुसार यो गत आर्थिक वर्ष ०७९/८० मा प्राप्त गरेको लाभांश हो।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ६ अर्ब १५ करोड ५१ लाख लाभांश पाएको थियो। जसअनुसार यस्तो लाभांशमा ६२.५४ प्रतिशतले बढी पाएको हो। 

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २६ नाफामा र १५ नोक्सानीमा सञ्चालित छन्। त्यस्तै, तीन संस्थान बन्द अवस्थामा थिए । अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए। 
 
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख थियो। गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ११.६७ प्रतिशत रहेको थियो।

संस्थानले तिरे १७ अर्ब ३९ करोड आयकर 

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त भएको थियो। अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको थियो। गत आर्थिक वर्षमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.९७ प्रतिशत छ। 

अघिल्लो आर्थिक वर्षमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ५.५९ प्रतिशत थियो।

गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा यस्तो दायित्व रु. ५२ अर्ब ८७ करोड दुई लाख पुगेको थियो। गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष ०७८/७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ।

ad
ad
ad
ad