Skip This
रुसी सेनामा मारिएका नेपालीका परिवारले अझै पाएनन् राहत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार o६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा मारिएका नेपालीका परिवारले अझै पाएनन् राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o६:३८:oo

रुसी सेनामा कार्यरत रहेका र युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीका परिवारले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । हालसम्म रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका तर्फबाट खटिएका ३९ जना नेपालीको मृत्यु भइसकेको छ । परिवारजनका अनुसार दर्जनौँ घाइते र बेपत्ता छन् ।

‘अहिलेसम्म सुरुमा मृत्यु भएका सातजना नेपालीको कागजपत्र पठाइएको छ, र उनीहरूको परिवारलाई क्षतिपूर्तिका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने, ‘सुरुमा सातजनाको क्षतिपूर्तिका लागि प्रतीक्षारत छौँ । बाँकीको हकमा पनि हामीले क्षतिपूर्तिका लागि प्रयास जारी राखेका छौँ ।’ 

रुसी सेनामा कार्यरत ३९ जनाको मृत्यु भइसकेको जानकारी आएपछि परिवारले उनीहरूको काजकिरिया नै गरिसकेको छ । नेपालस्थित रुसी राजदूतावास र रुसस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयले क्षतिपूर्तिका लागि प्रयास जारी राखेको प्रवक्ता राईले बताए । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी समकक्षी सेर्गेई लाभरोभसँग २९ फागुनमा टेलिफोनमा कुरा गरे पनि परिवारले क्षतिपूर्ति अझै पाउन सकेका छैनन् । 

सातजनाको विवरण बुझाएका छौँ, क्षतिपूर्तिका लागि कूटनीतिक प्रयास जारी छ
अमृतबहादुर राई, प्रवक्ता, परराष्ट्र मन्त्रालय

अहिलेसम्म सुरुमा मृत्यु भएका सातजना नेपालीको कागजपत्र पठाइएको छ र उनीहरूको परिवारलाई क्षतिपूर्तिका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । सुरुमा सातजनाको क्षतिपूर्तिका लागि प्रतीक्षारत छौँ । बाँकीको हकमा पनि हामीले क्षतिपूर्तिका लागि प्रयास जारी राखेका छौँ ।

हालसम्म ३९ जनाको मृत्यु भएको छ,  थप १८ को मृत्यु पुष्टि हुन बाँकी रहेको स्थिति छ 
 कृतु भण्डारी, अभियन्ता

हालसम्म ३९ जनाको मृत्यु भएको छ । परिवारले काजकिरिया गरिसकेको अवस्था छ । थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको स्थिति छ । हालसम्म हामीले ६२० जनाको विवरण संकलन गरेका छौँ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते, २७२ जना सम्पर्कविहीन छन् ।

ad
ad
ad
ad