Skip This
इटहरीमा दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 15 June, 2024
२o८१ जेठ ९ बुधबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

इटहरीमा दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १७:o२:oo

सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगलागी भएको छ। आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

प्रहरीका अनुसार कलंकी चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका हुन्। कलंकी चोकबाट बसपार्कतर्फ मोडिन लागेको प्रदेश १–०२–०४३ प ६२५३ नं. को पल्सर बाइकलाई पछाडिबाट प्रदेश १–०४–००१ प ८७७६ को मोटरसाइकलले ठक्कर दिएको थियो। 

दुर्घटनापश्चात् आगलागी हुँदा पल्सर बाइक जलेर पूर्ण रूपमा नष्ट भएको छ भने चालकहरू सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।


 

ad
ad
ad
ad