१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 28 September, 2024
२o८१ असार ७ शुक्रबार १९:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई समूहको ६६.३ मेगावाटको मध्यकालीगण्डकीमा लगानी जुट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १९:४१:oo

आइएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन्।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैंक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आइएमई  समूह र सर्वसाधारणको लगानी रहनेछ। 

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये  नबिल बैंकको तीन अर्ब  १२ करोड,  एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, प्रत्येकले एक अर्ब रुपैयाँ रहनेछ ।
मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब नाै करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादनबाट दुई अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ । हालसम्म आयोजना निर्माण तयारीका कामहरू भइरहेका छन् ।