१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 28 September, 2024
२o८१ असार ७ शुक्रबार २३:१५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थाहा नगरपालिकाको बजेट ९१ करोड ९१ लाख

चालु आवभन्दा ८ करोड रुपैयाँले कमी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार २३:१५:oo

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ९१ करोड ९१ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित १६ औं नगरसभामा उपमेयर भरत गोपालीले चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा करिब ८ करोड रुपैयाँले कम बजेट सार्वजनिक गरेका हुन् ।

बजेट सार्वजनिक गर्दै उपमेयर गोपालीले संघीय सरकार र प्रदेश सरकारले दिने अनुदानमा कमी आएकाले आव ०८१÷०८२ को बजेटको आकार घटेको बताए । उनले कुल बजेटमा चालु खर्चतर्फ ६२ प्रतिशत र पुँजीगततर्फ ३८ प्रतिशत बजेट विनियोजन गरिएको पनि जानकारी दिए ।

यसअघि थाहाले चालु आर्थिक वर्षका लागी थाहा नगरपालिकाले ९९ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

उपमेयर गोपालीका अनुसार थाहा नगरपालिकाले संघीय सरकारबाट समानीकरण अनुदान स्वरुप १२ करोड २८ लाख, समपूरक अनुदान स्वरुप १ करोड, विशेष अनुदान स्वरुप १ करोड, सशर्त अनुदान स्वरुप ३० करोड ७१ लाख ६ हजार ५ सय रुपैयाँ पाउँने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड २३ लाख ९० हजार समपूरक अनुदान ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड १८ लाख ६७ हजार र राजस्व बाँडफाँड ९ करोड ३५ लाख ५३ हनार गरी जम्मा २१ करोड ४३ लाख १० हजार रहेको छ ।

यसैगरी राजस्व बाडफाँडबाट १० करोड ६५ लाख ३० हजार १ सय ८२, रोयल्टीबाट १ करोड ८९ लाख ६९ हजार ८ सय गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार ५ सय रुपैयाँ र नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) ५ करोड र मालपोत २ करोड रुपैयाँ गरी जम्मा ७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपमेयर गोपालीले नगरपालिकाको बजेटले कृषि, पूर्वाधार शिक्षा र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।