१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार २३:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दीपेन्द्रले यस वर्ष पनि गल्फ जायन्टबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार २३:२१:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको इन्टरनेसनल टी–२० लिग खेल्ने भएका छन् । उनलाई शुक्रबार गल्फ जायन्टले आगामी सिजनको लागि नविकरण गरेको हो । 

६ टिम सम्मिलित लिगमा गल्फ जायन्टले आईसिसी वरियताको अलराउन्डरतर्फ शीर्ष ६ मा रहेका दीपेन्द्रलाई पनि अटाएको छ । दीपेन्द्रले अघिल्लो संस्करणमा पनि  गल्फ जायन्टबाटै खेलेका थिए । गत सिजन टोलीमा रहेका १३ खेलाडीलाई क्लबले नविकरण गरेको हो । 

टोलीमा वेष्ट इन्डिजमा सिमरन हेटमायरसँगै युएईमा आयन अफजल खान, अमेरिकाका सौरभ नेत्राभाल्कर, इंग्ल्यान्डका जेमी स्मिथ, अफगानिस्तानका करिम जानतलगायत छन् । 

दीपेन्द्रले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी–१० र क्यानाडाको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । ग्लोबल टी–२० लिगमा उनीसम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियन बनेको थियो ।