१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 28 September, 2024
रासस काठमाडौं
२o८१ असार ७ शुक्रबार १२:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डिएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १२:o९:oo

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ।

नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो।

१४१ रनको विजयी लक्ष्य पछ्याएर अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा ११.२ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो। त्यतिवेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो। पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए। त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाएका थिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशका कप्तान नजमुल हृदोय सान्टोले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन्।

त्यस्तै, टोहिद हरिडोईले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्क्स स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक–एक विकेट लिए।

विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।