मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 22 December, 2024
२o८१ जेठ ८ मंगलबार o८:२५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक झलक सुवेदीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:२५:oo

जनताबाट आशा गरिएका दुई युवा नेता एक–अर्कालाई खुइल्याउन लागिपर्नुले के संकेत गर्छ ?
नेपाली राजनीतिमा यस्तै हुँदै, देखिँदै र सुनिँदै आएको छ । यो नौलो घटना होइन । एक ढंगले गगन थापा र रवि लामिछाने एक–अर्काका प्रतिस्पर्धी हुन् । रवि दुईचोटि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसकेका छन् भने गगन पनि एकपटक मन्त्री बनिसकेका छन् । जेजसरी यहाँ पुगे पनि रविमा अर्कोपटक प्रधानमन्त्री बन्न सक्छु कि भन्ने चाहना पक्कै छ । उता गगनमा पनि यो चाहना नहुने कुरै भएन । उनमा अहिले आफूलाई कमजोर बनाइयो भने पाखा लाग्नुपर्ने हो कि भन्ने चिन्ता पनि हुन सक्छ । त्यसैले, दुवैबीच यो प्रतिस्पर्धा देखिएको हो । र, यो स्वाभाविक पनि हो । 

प्रतिपक्षलाई पेलेरै जाने सत्तापक्षको मनस्थिति कति जायज हो ?
०४८ यताको हाम्रो संसद्को इतिहास हेर्ने हो भने यस्तै देखिँदै आएको छ । सत्तापक्षले प्रतिपक्षलाई पेल्नु र प्रतिपक्षले सत्तापक्षलाई अल्झाउनु एक प्रकारले हाम्रो सनातन धर्म या परम्पराजस्तो देखिँदै आएको छ । सामाजिक सञ्जालहरूमा उठेका प्रश्नहरू हेर्दा केके न भएजस्तो देखिए पनि यो अवस्था सामान्य नै हो । तर, पछिल्लो समयमा सभामुखको भूमिका भने परिपक्व देखिएन ।  

यो मुठभेडको वातावरणमा प्रतिपक्षको पनि साथ र सहयोग चाहिने सत्यनिरूपणलगायत मुद्दाको भविष्य के होला ?
सत्तापक्ष र प्रतिपक्षले एकअर्कालाई अल्झाउनु सामान्य हो । तर, दुवैले यस्तो नगरे हुन्थ्यो । प्रतिपक्षले भ्रष्टाचार, रविमाथिको प्रश्न, गिरीबन्धुलगायत प्रकरणमा प्रश्न गर्नु, दबाब दिनु अन्यथा होइन । तर, विरोधसँगै संसद् चल्न दिँदा ठिक हुन्थ्यो । यस्तो अवस्थामा सत्यनिरूपणलगायत मुद्दाको भविष्य यस्तै हुन्छ भन्न सकिन्न ।