Skip This
सभामुखले तटस्थता कायम गर्न नसकेको प्रतिपक्षी दलहरूको निष्कर्ष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले तटस्थता कायम गर्न नसकेको प्रतिपक्षी दलहरूको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:o४:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तटस्थता कायम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गरेका छन्।

प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पारित गराउन सभामुख सत्ताको प्रभावमा परेको उनीहरूको भनाइ छ।

आजको बैठक सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसको अगुवाइमा बसेको विपक्षी दलहरूको बैठकले सभामुखको आलोचना गरेको हो।

बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुखबाट पार्टीको कार्यकर्ताजस्तो व्यवहार प्रदर्शन भएको टिप्पणी गरे। ‘सभामुख सभामुखजस्तो रहनुभएन । सभामुख पार्टीको कार्यकर्ता हुनुभयो,’ उनले भने।

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले सभामुखको व्यवहार सभ्य नभएको प्रतिक्रिया दिए। उनले वर्तमान सरकारको कारण लोकतन्त्र र गणतन्त्रमाथि संकट बढेकोसमेत जिकिर गरे।

‘सभामुखको व्यवहार सभ्य देखिएन,’ उनले भने, ‘पछिल्लो १७ महिनामा प्रधानमन्त्रीले चार चारपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु भनेको लोकतन्त्र र गणतन्त्रमाथि संकट हो । संसदीय व्यवस्थामाथि नै खतरा हो।’ 

उनले गणतन्त्र ल्याउनेहरू नै सत्ता र शक्तिमा आशक्त बनेकाले गणतन्त्र ल्याउनेहरूबाटै संकट बढेको जिकिर गरे।