मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Sunday, 19 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्पादन चक्र सुरु हुनुभन्दा अघि नै समर्थन मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४१:oo

उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने भएको छ। 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धान, गहुँ, मकैलगायतका स्वदेशी उत्पादनको  समर्थन मूल्य तोकिने जानकारी गराएका हुन्। 

तीनै तहका सरकारको सहकार्यमा आगामी बजेटमा कृषकलाई दिइने अनुदानमा सरलीकरण तथा उत्पादनको बजारीकरण सुनिश्चित गरिने भएको छ।

साथै, उत्पादित सामग्रीको भण्डारण क्षमता वृद्धि गर्ने, रासायनिक मल, माटोको अम्लीयपना घटाउने, आयातित खाद्यान्नमा परीक्षाणको विस्तार खाद्य प्रयोगशाला अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ।