१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ सय २० किमि रेन्ज दिने प्रिमियम इभी एसयुभी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३o:oo

विभिन्न ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकका रूपमा चाइनाको लोकप्रिय ब्रान्ड स्काइवेल प्रिमियम लक्जरी इभी एसयुभी नेपालमा सार्वजनिक गरेको छ ।

जी मोटर्सले ६ सय २० किमि रेन्ज दिने, फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त रियल इभी एसयुभी बिहीबार भक्तपुरमा सार्वजनिक गर्नुका साथै स्काइवेल सोरुमको उद्घाटन पनि गरेको छ ।  साथै, नौ थान गाडी ग्राहकलाई डेलिभरी पनि गरेको कम्पनीले जनाएको छ ।  

चिनियाँ दूतवासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सियू,  स्काइवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जू र जी मोटर्स प्रालिका अध्यक्ष दुर्गाप्रसाद गेलालले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका हुन् । नाडाबाट औपचारिक बुकिङ एवं ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमै स्काईवेलको प्रिमियम एवं सिंगल चार्जमा ६ सय २० किमि रेन्च दिनुका साथै प्रतिघण्टा एक सय ५० किलोवाटको ब्याट्री प्याकले ग्राह्कलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको विश्वास छ ।

गाडी सार्वजनिक गर्दै आमग्राहकको उत्साहजनक सहभागितालाई हेरी एक वर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधासमेत दिएको कम्पनीले जनाएको छ । यो योजना वैशाख महिनाभर लागू हुने कम्पनीका प्रबन्ध निर्देशक गेलालले बताए । नेपाली बजारमा यसको मूल्य एक करोड नौ लाख रहेको कम्पनीले जनएको छ ।  

ad
ad