१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्री १० वैशाखअघि नै विश्वासको मत लिने तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३१:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा शुक्रबार प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको बैठक डाक्न लगाएका हुन् ।

पदमा बहाल रहेका सभामुखको गणना गर्दै एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको विषय सर्वोच्च पुगेको थियो । कांग्रेसले प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार कदम भन्दै यसले द्वन्द्वको वातावरण सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै सरकार र प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भएको उल्लेख गरेका छन् । यसले अदालतको अवहेलना हुने उनको भनाइ छ ।
 

ad
ad