Skip This
इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Saturday, 27 July, 2024
रासस वासिंगटन
२o८१ बैशाख २ आइतबार १६:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

Read Time : < 1 मिनेट
रासस, वासिंगटन
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १६:३३:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि जी–७ राष्ट्रका नेताहरूसँग छलफल गर्ने बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु।’

नेतन्याहुसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहोर्‍याएका बताइएको छ।

उनले भने, ‘आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ। उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्ने कुरा मैले प्रधानमन्त्री नेतन्याहुसँगको टेलिफोन वार्तामा पनि भनेको छु।’

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताए। 

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन। उनले भने, ‘अमेरिकी सेना ‘सबै खतराहरूका लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाका लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन।’

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो।