Skip This
रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Friday, 26 July, 2024
रासस कराँची
२o८o चैत ३० शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

Read Time : < 1 मिनेट
रासस, कराँची
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १४:१३:oo

रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ। रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएका एआरवाई न्यूजले जनाएको छ। लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका छन्।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्। गत वर्षको समान अवधिमा डकैतीविरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए। सन् २०२३ को समान परिस्थितिमा एक सय आठजनाको मृत्यु र चार सय ६९ जना घाइते भएको तथ्यांक छ। 

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग चार सय २५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र चार सय ३९ घाइते भएका छन्। नागरिक–प्रहरी सम्पर्क समिति (सिपिएलसी)को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार ६ सय २७ अपराध दर्ता भएका थिए। यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा सात सयजनालाई चोट लागेको थियो।

यसका अतिरिक्त यस अवधिमा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र ६ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ। एआरवाई न्युजका अनुसार सिपिएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबर्जस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए। उनले रमजान र इद उल फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए।