![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/death2019-11-11-11-30-19.jpeg)
पूर्वी नवलपरासीमा गैँडाको आक्रमणमा परेर ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको छ।
कावासोती– १० रतवलनिवासी महतोलाई कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन गएको समयमा मंगलबार दिउँसो १ बजेतिर गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा निधन भएको हो। शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।