१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

उचित सो नदिएपछि ‘द रेड सुट्केस’ क्युएफएक्समा प्रदर्शन नहुने, ‘असहिष्णु व्यवहार’को भद्र अवज्ञामा निर्माता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:२९:oo

विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म ‘द रेड सुट्केस’ क्युएफएक्स चेनमा प्रदर्शन नहुने भएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मलाई निर्माता कम्पनी आइसफल प्रोडक्सनले विज्ञप्ति जारी गर्दै उक्त मितिमा क्युएफएक्सबाहेकका हलमा मात्र ल्याउने घोषणा गरेको हो।

देशको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सले ‘द रेड सुट्केस’लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्ने भनेपछि यसलाई आपत्तिजनक मान्दै निर्माण पक्षले क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेको हो।

देशलाई चलचित्रको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुट्केस’जस्ता चलचित्रमाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको बताउँदै यसअघि ‘ऐना झ्यालको पुतली’माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोँकमा निर्धारित समयमा बुकिङ नखोलिएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो रहेको बताइएको छ। चाडपर्व र बिदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य  निर्माण गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ।

आफूहरू चलचित्र घरहरूको व्यापारिक सिद्धान्तविरुद्धमा नरहेको प्रस्ट्याउँदै निर्माण पक्षले यस्ता असहिष्णु व्यवहारको ‘भद्र अवज्ञा’ गरेको जनाएको छ।

 

 

ad
ad