मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o८o चैत २३ शुक्रबार १६:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १६:o४:oo

दोलखाको कालिञ्चोक गाउँपालिका– २ बाबरेमा  ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।

बाबरेबाट सोरुङ हुँदै सिँगटीतर्फ आउँदै गरेको लु.३त १७१४ नम्बरको ट्याक्टर शुक्रबार बिहान कालिञ्चोक– २ बाबरेस्थित कुतिस्याङ भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टरमा सवार सोही वडाकी ३६ वर्षीया सञ्चीमाया थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रहरीका प्रवक्ता इन्स्पेक्टर जीवन श्रेष्ठका अनुसार घटनामा परी चारजना घाइते भएका छन्। घाइतेहरूको भीमेश्वर नगरपालिका– २ स्थित दोलखा बजारमा रहेको धुलिखेल अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए। ट्याक्टरचालक अवराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।