Skip This
गाउँमै बर्थिङ सेन्टर र विद्यालय भवन एकसाथ बनेपछि स्थानीय हर्षित, बाजागाजाले स्वागत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o चैत २२ बिहीबार १३:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै बर्थिङ सेन्टर र विद्यालय भवन एकसाथ बनेपछि स्थानीय हर्षित, बाजागाजाले स्वागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १३:२४:oo

गाउँमा पक्की विद्यालय भवन र प्रसूतिगृह  एकैपटक निर्माण गरिएपछि स्थानीय हर्षित भएका छ्न्।

जिल्लाको उत्तरी सोरु गाउँपालिका– ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसूतिगृह एक साथ निर्माण भएपछि स्थानीय हर्षित भएका हुन्।

‘ब्याक्टु लाइभ इबी जर्मनी’को आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वयमा तथा साझेदारीमा  ६२  लाख ८४  हजार दुई सय ७५ कुल लागतमा दुई तलाको चारकोठे पक्की भवन निर्माण गरिएको छ। साथै उक्त गाउँमै ५३ लाख १० हजार  लागतमा दुईतले ४ कोठाको पक्की प्रसूतिगृह  भवन निर्माण गरिएको छ।

भवनसँगै विद्यालयमा महिला तथा पुरुषका लागि शौचालय, बालबालिकाका लागि डेस्क, बेन्च, सेतोपाटीलगायत आवश्यक शैक्षिक सामग्रीसहित व्यवस्थापन गरिएको छ। 

यस्तै, प्रसूतिगृहका लागि गर्भवती चेकजाँचका लागि सामग्री, बेड, सुत्केरी गराउन प्रयोग हुने सामग्री, विभिन्न उपकरण औजारलगायतको समेत व्यवस्थापन गरिएको छ। 

बुधबार एक कार्यक्रमबीच उक्त विद्यालय भवनको हस्तान्तरण तथा प्रसूतिगृहको उद्घाटन एकसाथ  गरिएको थियो।
आफ्नै घरअगाडि पक्की विद्यालय भवन बनेपछि स्थानीयले खुसी हुँदै बाजागाजा, फूलमाला, अबिरजात्रासहित अतिथिलाई स्वागत गरे। 

विद्यालय हस्तान्तरण र प्रसूतिगृह उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, जिल्लास्थित विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मी, अन्य विभिन्न सरोकारवाला निकाका प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्थिति थियो।

गाउँमा पक्की विद्यालय भवन बनेपछि खुसी हुँदै मष्टा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भानुभक्त चौलागाईंले विद्यार्थीले रुखमुनि बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य भएको बताए। यस विद्यालयमा ८७ घरधुरीका ८९ बालबालिका अध्यनरत छन्। 

स्थानीय गर्भवती महिलाले जोखिम मोलेर गोठमा सुत्केरी हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ। प्रसूतिगृहकी इन्चार्ज कमला रावतले पहिला पुरानो तथा जीर्ण भवनबाट सुत्केरी सेवा दिन निकै असजिलो तथा असुरक्षित भएको सुनाइन्। 

उनका अनुसार यस गृहबाट करिब तीन सय ५० घरधुरीका गर्भवतीले सेवा लिने गरेका छन्। महिनामा चारदेखि सातजनासम्म सुत्केरी हुन आउने गरेको रावलले बताइन्। 

कर्णाली सामुदायिक विकास केन्द्रकी अध्यक्ष संगीता मल्ल शाहीले संस्थाले समुदायको मागमा आधारित रहेर विद्यालय भवन, प्रसूतिगृहलगायत अन्य विभिन्न मागमा आधारित कार्यक्रम तथा विकास निर्माणका कामहरू गर्दै आएको बताइन्।