१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ वर्षमा रेडमी नोट–१३ सिरिजमा आकर्षक अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३१:oo

टेक्नोलोजी ब्रान्ड साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल, नयाँ नोट’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रेडमी बड्स–४ एक्टिभ फ्रीमा र रेडमी वाच–३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

रेडमी नोट–१३ प्रो वा रेडमी नोट–१३ प्रो+५ जीको खरिदमा ग्राहकले रेडमी बड्स–४ एक्टिभ निःशुल्क वा ५,६९९ रुपैयाँको रेडमी वाच–३ एक्टिभ मात्र रु. ३,४९९ मा पाउनेछन् । 

त्यसैगरी, रेडमी नोट–१३ खरिद गर्दा भने ग्राहकले रेडमी बड्स–४ एक्टिभ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने साओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले आफ्ना ग्राहकका लागि नयाँ वर्षको अवसर पारेर नयाँ अफर ल्याउन पाउँदा खुसी लागेको बताए । रेडमी–१३ नोट सिरिज अन्तर्गत रेडमी नोट–१३ को रु २४,९९९ (६/१२८ जिबी) र २७,९९९ (८/२५६ जिबी) रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, रेडमी नोट १३ प्रोको मूल्य ३४,९९९ (८/२५६ जिबी) र ३९,९९९ (१२/५१२ जिबी) रहेको छ । यसबाहेक रेडमी नोट–१३ प्रो प्लस ५ जीको मूल्यः रु ४७,९९९ (८/२५६ जिबी), रु ५२,९९९ (१२/५१२ जिबी) रहेको कम्पनीले जनाएको छ ।

ad
ad