![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/relince2024-04-03-11-30-51.gif)
रिलायन्स फाइनान्स लिमिटेडले अर्बुद रोगसम्बन्धी स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यालय र शिर मेमोरियल अस्पतालको समन्वयमा सञ्चालन गरेको क्यान्सर केयर सेन्टरमा भर्ना भएका बिरामीका कुरुवाका लागि आवश्यक पर्ने टेलिभिजन सेट हस्तान्तरण
गरेको हो ।
फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यालयका अध्यक्ष नेपाल सुधार भैललाई टेलिभिजन सेट हस्तातरण गरेको जनाइएको छ । उक्त कार्यक्रममा संस्थाका सञ्चालकहरू सुरकृष्ण वैद्य, तुल्सीप्रसाद बराल, ईश्वरीप्रसाद नेउपाने, प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यको उपस्थित रहेको फाइनान्सले जनाएको छ ।
फाइनान्सले हाल देशका प्रमुख सहरमा २१ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।