१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 करिब ६ किलोग्राम चरेससहित एक महिला  पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५४:oo

बर्दियामा चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका– ११ बस्ने ५२ वर्षीया आशा राई छिन् । 

उनको साथबाट प्रहरीले पाँच केजी नौ सय  २९ ग्राम चरेस फेला पारेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले राईलाई पक्राउ गरेको हो । उनी नेपालबाट लुकिछिपी भारततर्फ जाँदै गरेको अवस्था पक्राउ परेकी हुन् ।

उनको शरीर  तथा हातेझोलाभित्र खैरो रङको प्लास्टिक टेपले बेरी लुकाएर राखेको अवस्थामा चरेस फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक  तुल्सीराम अर्यालले बताए।  
 

ad
ad