१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १६ शुक्रबार १७:०२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ २१ रनले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १६ शुक्रबार १७:०२:००

टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा दुई सय २३ रनको बलियो लक्ष्य पछ्याएकाे नेपाल लोकेश बमको शतकीय पारीका बाबजुद पराजित भएको हो।

नेपाली बलर निरीह देखिँदा पहिले ब्याटिङ गरेकाे आएरल्यान्डले ठूलो स्कोर खडा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा सुरुवातमा राम्रो ब्याटिङ गरे पनि १७ ओभरपछि प्रत्येक ओभरमा दुई विकेट गुमाउँदा नेपाल १९.३ ओभरमा अलआउट भयो।

नेपालकाे खेललाई लयमा फर्काउन बमले एक सय ६ रनको योगदान गरे। ५६ बल सामना गरेका उनले नौ चौका र आठ छक्का हिर्काएका थिए। यसैगरी, एक चौका र पाँच छक्कासहित आरिफ शेखले ४९ रन र क्याप्टेन विनोद भण्डारीले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अर्जुन घर्ती र बसिर अहमदले समान तीन तथा किरण ठगुन्नाले दुई रन जोड्दा देव खनाल, राशिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमै पेभेलियन फर्किए। सागर ढकाल एक रन बनाएर नटआउट रहे।

आएरल्यान्डका लागि फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान तीन विकेट लिँदा म्याथ्यु फोस्टरले दुई तथा थोमस मेयस र गेभिन होइले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २२ रनको फराकिलो योगफल बनाएको थियो। आयरल्यान्डका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए। ३२ बल सामना गरेका मुरले तीन छक्का र चार चौका प्रहार गरे।

केड कारमाइकल र कप्तान निल रकले समान ३८ रनको योगदान दिए। स्टेफन डोहेनी, ग्यारेथ डेल्नी र ग्याभिन होएले विस्फोटक ब्याटिङ गरी नेपालसामु कठिन लक्ष्य खडा गरे। डोहेनीले १६ बलमा ३४, डेल्नीले १४ बलमा ३० र  होएले ६ बलमै १८ रन बनाए। 

बलिङमा नेपालका लागि दुई वर्षपछि टिममा कमब्याक गरेका कमलसिंह ऐरीले चार ओभरमा ३९ रन खर्चेर तीन विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा एक–एक विकेट रह्यो।