१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दैलेख पेट्रोल अन्वेषण : मेसिन ल्याएका तीनवटा ट्रक सुर्खेत पुगे

१ सय ५० ट्रक रुपैडिया नाकामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३३:oo

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेत पुगेका छन् । शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख पुग्ने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका प्रमुख दिनेश नापितले जानकारी दिएका छन् ।

रुपैडिया नाकामा करिब एक सय ५० भन्दा बढी ट्रक आइसकेको र धमाधम ट्रकहरू दैलेख आउने तयारीमा रहेको नापितको भनाइ छ । भन्सारमा सामान्य समस्याले गर्दा केही दिन रोकिएको भए पनि अब सामान आउँदै धमाधम जडान कार्य हुने र जडान कार्यसँगै अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गरिने नापितको भनाइ छ । 

बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायतका सामानमध्ये साना मालवाहक सामानहरू सुर्खेत–दैलेख सडकखण्ड हुँदै आउने तयारी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।  ठूला ट्रकहरू कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । सुरक्षा निकायले सबै सुरक्षा व्यवस्थाको तयारी गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको भनाइ छ ।

चीन सरकारको अन्वेषण परियोजनाको टोली विगत एक महिनादेखि दैलेखको भूभागमा अन्वेषणका अन्य कामहरू सञ्चालन गरिरहेको छ। पेट्रोल अन्वेषणले दैलेख मात्र नभएर सिंगोे कर्णाली र देशकै आर्थिक अवस्था सुधारको महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने आशामा रहेको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले जानकारी दिएका छन् । दैलेखमै अन्वेषण भएपछि यसबाट प्राप्त कच्चा पदार्थको प्रशोधनको काम पनि दैलेखमै हुनुपर्ने विकले बताएका छन् ।  

यसअघिका अन्य तीनवटा चरणमा काम गर्दा दैलेखका करिब तीन हजारभन्दा बढी युवाले रोजगारी पाएको र यसपालि पनि स्थानीयस्तरमा जग्गा दिएका मुआब्जा पीडितहरूलाई र दैलेखकै बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्ने सहमति भएकाले सोहीअनुसार सयौँ युवाले गाउँमै रोजगारी पाउने आशामा रहेको दैलेखका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले जानकारी दिएका छन् ।
 

ad
ad